एक वडामा एक स्वास्थ्य केन्द्र



हाम्रो इकोनोमि

घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।

नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।

उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरी स्थानीयवासीलाई आफ्नै वडामा सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुरुप बाँकी रहेका ठाउँमा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो बमोजिम वडा नं १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नं ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं ३ मा झिंगनी नगर स्वास्थ्य केन्द्र, वडा नं १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गर्न छ वटा नगर स्वास्थ्य केन्द्रका लागि रु ६० लाख बजेट विनियोजन गरिएकाले वडा नं १८ स्थित हत्तीखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्वार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र र आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि रु ११ लाखका दरले तथा घोरदौरा नगर स्वास्थ्य केन्द्रका लागि रु पाँच लाख बजेट छुट्याइएको छ ।

यसैगरी प्रथम नगरसभाबाटै पारित वडा नं १ मा हर्नोक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाँचपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहानगरपालिकाले यिनै खोप केन्द्र निर्माणका लागि प्रत्येक खोप केन्द्रमा रु तीन लाख बजेट छुट्याइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...