एक वडामा एक स्वास्थ्य केन्द्र



हाम्रो इकोनोमि

घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।

नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।

उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरी स्थानीयवासीलाई आफ्नै वडामा सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुरुप बाँकी रहेका ठाउँमा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो बमोजिम वडा नं १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नं ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं ३ मा झिंगनी नगर स्वास्थ्य केन्द्र, वडा नं १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गर्न छ वटा नगर स्वास्थ्य केन्द्रका लागि रु ६० लाख बजेट विनियोजन गरिएकाले वडा नं १८ स्थित हत्तीखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्वार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र र आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि रु ११ लाखका दरले तथा घोरदौरा नगर स्वास्थ्य केन्द्रका लागि रु पाँच लाख बजेट छुट्याइएको छ ।

यसैगरी प्रथम नगरसभाबाटै पारित वडा नं १ मा हर्नोक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाँचपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहानगरपालिकाले यिनै खोप केन्द्र निर्माणका लागि प्रत्येक खोप केन्द्रमा रु तीन लाख बजेट छुट्याइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...