बाम गठबन्धनको नयाँ सहमति राष्ट्रपति माओवादी र प्रधानमन्त्री एमाले, ओली–प्रचण्डले सरकार आलोपालो चलाउने



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने टरेको उच्च स्तरीय स्रोतले जनाएको छ ।

एकतापछिको एकीकृत पार्टीको अध्यक्ष आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिईए एकता नै नहुने भनेर माओवादी शीर्ष नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । वास्तवमा पदीय बाँडफाँडमा दुवै पार्टीका नेताहरुवीच एकमत नभएपछि तत्काललाई पार्टी एकता टरेको उच्च स्रोतको दाबी छ ।

‘हाम्रो अध्यक्षलाई एकीकृत पार्टीको अध्यक्ष नदिने देखियो, यो भएसँगै तत्काललाई पार्टी एकता हुँदैन्’ एक माओवादी नेताले भने,‘उहाँहरुले अध्यक्ष नदिने भएपछि हामी पनि एकताकोलागि किन लम्पसार पर्ने त?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि सरकार गठन अघि नै पार्टी एकता हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर, उनको उक्त चाहना अब पूरा नहुने देखिएको छ । हिजो ललितपुरको कुमारीपाटीको एक घरमा भएको चार घण्टे लामो ओली–प्रचण्ड भेटवार्तामा पनि तत्काललाई पार्टी एकताको विषयलाई थाँती राख्नेबारे गोप्य सहमति भएको स्रोतको दाबी छ । सोही अनुसार तत्काल उनीहरुले सरकार गठनमा भागबण्डा मिलाउन गृहकार्य सुरु गरेका छन् ।

स्रोतका अनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । राष्ट्रपति, उपराष्ट्र, सभामुख लगायतका अन्य महत्वपूर्ण पदमा समेत भागबण्डा मिलाउने कसरत भएको हो । सूत्रहरुले दिएको जानकारी अनुसार राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित भएको छ । र, उपराष्ट्रपति एमालेले राख्ने भएको छ । त्यस्तै सभामुख पनि माओवादीले नै राख्ने अडान लिएको छ । यसको लागि एमाले नेताहरु पूर्ण रुपमा तयार भैसकेको बुझिएको छ ।

माओवादी केन्द्रका एक नेताले भने,‘तत्काल पार्टी एकता हुनै सक्दैन् । बरु सरकार सञ्चालनमा आलोपालो हुन सक्छ । सरकार गठन अघि एकता टर्यो भन्दा पनि हुन्छ।’

यसअघि एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको खबर आएको थियो । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएसँगै यस्ता कुरा बाहिर आएका थिए । तर, अहिले आएर पार्टी एकता टरेसँगै अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूनः दोहोर्याउने सम्भावना कम भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...