वैदेशिक रोजगारीबाट फर्किएर बाँझो जमिन फाँडेर तरकारी खेती



हाम्रो इकोनोमि

वैदेशिक रोजगारीबाट फर्किएका याङ्वरक–६ नागीका युवाले जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका छन् ।

नागीका जगत राई, वीरेन्द्र काफ्ले, प्रेम सिग्देल र नवराज उप्रेतीले खेर गएको बाँझो १२० रोपनी जमिन दुई वर्ष भाडामा लिएर तरकारी खेती थालेका हुन् ।

माग बढ्दै गएपछि तथा पर्याप्त आम्दानी हुने देखेपछि तरकारी खेती गर्न थालेको प्रेम सिग्देलले बताउनुभयो । कुम्भकर्ण कृषक समूह नागीको स्वामित्वमा १० वर्ष बाँझै रहेको सो जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँले बताउनुभयो ।

खेतीका लागि सिँचाइ र यातायातको पहुँच भएको सो जग्गामा व्यावसायिक तरकारी खेती गरेर आफ्नै खेर गएको जमिनमा केही गरेमा विदेश गएको भन्दा मनग्य आम्दानी गर्न सकिने सन्देशसमेत दिने उद्देश्यले सामूहिक खेतीको शुरुवात् गरिएको नवराज उप्रेतीले बताउनुभयो । रु १० लाखको लागतमा शुरु गरिएको सो सामूहिक तरकारी खेती सम्भवतः जिल्लाकै पहिलो नमूना समेत हो ।

प्रतिक्रिया दिनुहोस
पूर्वमाओवादी नेतालाई लोकप्रिय मत

    नेकपा एमालेको जारी मतगणनामा पूर्वमाओवादी नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादीबाट...

सचिवमा सबैभन्दा अघि महेश बस्नेत

    नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी...

एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...