भ्रष्टाचार मुद्दा माथी फेरी अर्को मुद्दा:चुडामणि शर्मा विरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर हुँदै



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चुडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्दै छ।

यो सहित शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई थान मुद्दा हुने भएको छ। बिहीबार आयोगको बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड २९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा शर्मा विरुद्ध मुद्दा दायर हुन लागेको अख्तियार उच्च स्रोतले बतायो।

चार करोड रुपैयाँको बिगो मागदाबी सहित शर्मा र उनको परिवारका केही सदस्यलाई प्रतिवादी बनाइ अभियोगपत्र दायर हुन लागेको हो। शर्माको आम्दानी र खर्चको अनुसन्धान हुँदा उनले गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको आयोग स्रोतले बतायो।

स्रोतका अनुसार शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी अख्तियारको दोस्रो बयानमा पनि गरेका छन। उनले कतिपय आम्दानी आफन्त र व्यापारीका नाममा लुकाएकाले त्यसको आधार पुष्टि गर्न नसकिएको अख्तियार स्रोतले बतायो। यो मुद्दापछि शर्मा शृंखलाबद्ध रूपमा भ्रष्टाचार मुद्दा खेप्ने विवादास्पद महानिर्देशक बनेका छन्।

आन्तरिक राजस्व विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्मा विरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो। यसअघि गत साउन १ मा अख्तियारले शर्मासहित कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अभियोगपत्रमा हरेक पदाधिकारीमाथि ३ अर्ब ३४ करोड बिगो र बिगोको दोब्बर जरिवाना असुल्नुपर्ने मागदाबी गरिएको छ। तीन जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको हो। उक्त मुद्दा थुनछेक आदेश भएको छ।

मुद्दाको अन्तिम किनारा हुन बाँकी नै रहेको अवस्थामा अख्तियारले दोस्रो मुद्दा अदालत लैजान लागेको हो। अख्तियारले शर्मालाई फरारी देखाउँदै अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...