ज्ञान बाँडेझैँ पैसा बाँड्नु पर्ने भन्दै ओलीले भने- छिमेकीसँग नयाँ मान्यताका अाधारमा सुमधुर सम्बन्ध राख्छु



हाम्रो इकोनोमि

नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशसँग नयाँ मान्यताका आधारमा सुमधुर सम्बन्ध राखेर अघि बढ्न चाहेको बताएका छन्।
‘हामी हिजोको जस्तो नभई आज विकसित मान्यताका आधारमा छिमेकी देशहरूसँग समधुर सम्बन्ध राख्न चाहन्छौं’, उनले भने, ‘हिजो ठूला र बलियाले सानामाथि आफ्नो प्रभुत्व कायम राख्थे। आज त्यो समय होइन।’

नयाँ मान्यता के के हुन् भन्ने उनले खुलाएनन्।
नेपाल चेम्बर अफ कमर्शको ६७ औं साधारण सभाबाट निर्वाचित समितिलाई बधाई ज्ञापन गर्न पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

आफूहरु राष्ट्र निर्माणको अभियानमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले विकासका काममा अब धैर्य, प्रतीक्षा र प्रयोग गर्न समय नभएकाे जनाए। ‘हामी पछि पर्नुमा भौगोलिक र प्राकृतिक कारण छैन’, उनले भने, ‘आफ्ना र दुनियाँका विकासका गतिलाई हेरेर अब समृद्धिको यात्रा सुरु गर्छौं।’

निजीकरणले नेपालका उद्योग सिध्याउने काम गरेको उनको भनाइ थियो। ‘प्राइभेटाइजेशनले नेपालमा उद्योग सिध्याउने मात्र काम गरे। निजी क्षेत्रलाई सहजीकरण गर्न र अनुकूल वातावरण निर्माण गर्न हामी तयार छौं’, उनले भने, ‘पैसा जब चल्छ त्यसले बल्ल फुल पार्ने चल्ला पार्ने काम गर्छ। हाम्रो नीतिशास्त्रले विद्या जति बाँड्यो त्यति बढ्छ भन्छ, पैसा पनि त्यस्तै हो।’

संविधानको गलत व्याख्या गरेर अल्झाउने प्रयास भएको उनले सुनाए। ‘अग्रगमनलाई रोक्ने काम राणहरुले गर्थे, राजाहरुले गर्थे तर देश त अघि बढी छाड्यो। जनताको अभिमतलाई अलिअलि खल्बल्याउन सकिएला तर पूरे उल्टो दिशामा फर्काउन सकिँदैन’, अध्यक्ष ओलीले भने।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...