राष्ट्रपति र प्रधानमन्त्रीसहितका मुख्य पद भागबन्डा गर्न बाम गठबन्धनको बैठक जारी,कसले कुन पद हत्याउदैछ?



पदीय भागबन्डा मिलाउन नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सिंहदरवारमा कार्यदलको बैठक बसिरहेको हो ।

ओली र प्रचण्डसहित नेताहरू माधवकुमार नेपाल, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बैठकमा सहभागी छन्। प्रदेश सरकार र प्रदेशसभामा शक्ति बाँडफाटबारे आइतबार भएको निर्णयमा थप ब्रिफिङ गरी अन्तिम रुप दिने तयारी नेताहरूको छ।

बैठकमा केन्द्रीय सरकार गठनका लागि पद बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदकको भाडबन्डा मिलाउनका लागि अध्यक्षहरुकै उपस्थितीमा कार्यदलले छलफल थालेको हो ।

स्रोतका अनुसार माओवादीले राष्ट्रपति, राष्ट्रियसभाको अध्यक्ष र प्रतिनिधिसभाको सभामुखमा दावी गरेको छ । एमालेले भने राष्ट्रपति पद एमालेकै भागमा हुनु पर्ने दावी गरेको स्रोतको भनाई छ । राष्ट्रपति पदमा सहमती जुटे आजै पदीय भाडबन्डाको निर्णय हुने बताइएको छ ।

दुवै दलका नेता सम्मिलित कार्यदलले हिजो प्रदेश सरकार प्रमुख ६०–४० तथा प्रदेश मन्त्रीमा ७०–३० भागबण्डा गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारका भाबण्डा सकिएकाले दुवै पार्टी केन्द्रका पदका लागि सहमति जुटाउन प्रयासरत छन्।

कार्यदलमा हिजो भएको सहमती अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाएको छ भने ६ र ७ को मुख्यमन्त्री माओवादीलाई दिइएको छ। त्यसैगरी प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को समाभुख माओवादीको भागमा परेको छ। सँगै प्रदेश ४ र ५ को उपसभामुख एमालेले पाउने भएको छ भने १, ३, ६ र ७ को उपसभामुख माओवादीले पाएको छ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका