एमालेले ४ र माओवादीले २ वटा मुख्यमन्त्री पाउने गरी कार्यदलले यस्तो गर्यो सहमति



हाम्रो इकोनोमि

सिंहदरबारमा बसेको एमाले माओवादीको कार्यदलका बैठक सकिएको छ । कार्यदलको बैठकले प्रादेशिक मन्त्रीपरिषद् सिट संख्यामा अनुपातमा कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

त्यस्तै, एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यममन्त्री पाउने सममति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

यता, प्रदेश सभामुख पदको पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ५ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४ र ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।
त्यस्तै, उपसभामुखमा४ र ५ प्रदेशमा एमाले, ६ र ७ प्रदेशको उपसभामुख पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय सतिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ । भने वाम गठबन्धले मुख्यमन्त्रीलाई नै प्रादेशिक मन्त्री छान्न दिने गरी अधिरकार सुम्पिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...