नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ३५ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से १.४२ अंकले बढेर १४०५.९५ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १५८ कम्पनीका ८ लाख ५१ हजार ३ सय ३५ कित्ता शेयर खरिद बिक्रिबाट ३५ करोड ४७ लाख २१ हजार ७ सय ४८ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये विकास बैंक र बैंकिंग समूह बाहेकका सबै सूचक घटेका छन् ।

आज सानिमा माइ हाइड्रोको सर्बाधिक २ करोड ६८ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, हिमालयन पावर पार्टनर, एनएमबि बैंक लगायत रहेका छन् ।

आज एनएमबि बैंकका लगानीकर्ताले सर्बाधिक ३.५८ प्रतिशत कमाएका छन् । बैंकले आज मात्र दोस्रो त्रैमासको उत्कृष्ट वित्तीय विवरण सार्बजनिक गरेको थियो । अन्य बढी कमाउनेमा वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, लक्ष्मी बैंक, नेको इन्स्योरेन्स, निर्धन उत्थान बैंक लगायत रहेका छन् ।

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ६.२ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा बिशाल बजार कम्पनी, मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...