वाम गठबन्धन संबिधान संसोधन गर्न राजी भए मधेशी दल ओली सरकारमा जाने उपेन्द्र यादवले राखे यस्तो शर्त



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
साक्षात्कारमा यादवले माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । “बल एमालेको कोर्टमा छ, एमालेभित्रपनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ । हामी सरकारसँग सहकार्य गर्न तयार छौँ”– यादवले भने ।
उनले अघि भने,“एमालेको स्पष्ट धारणा के हो ? त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ कि खाँदैन ? हिजोका दिनमा एमालेले संविधान संशोधनको विरोध गर्यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन ।”

यद्धपी उनले एमाले–माओवादी नेतृत्वको बाम गठबन्धनले सरकार चलाउनका लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गरे । “हाम्रो पार्टीले सरकारमा जाने जनादेश पाएको छैन । तर गठबन्धनले हाम्रो आवश्यकता महशुस गर्यो भने हामी सहभागी हुन तयार छौँ”–यादवले भने । “उनीहरुको बहुमत छ हामी किन सरकारमा जाने ? बहुमत नभएको भए सहयोगको आवश्यकता पर्न सक्थ्यो ।”

आफूहरु अहिलेपनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुन नसक्ने उनको भनाई थियो प्रदेश नम्बर २ मा भने फोरमको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । उनले भने,‘२ नम्बर प्रदेशमा राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन् ।’

प्रदेश नम्बर दुई सबैभन्दा बढि पिछडिएको क्षेत्र भएकाले त्यहाँ बन्ने सरकारले आर्थिक विकासलाई प्राथमिकता दिने यादवको स्पष्टोक्ति थियो । उनले भने,“सबैभन्दा कम स्रोत साधन भएको, पिछडिएको र सिंहदरबारले उपेक्षा गरेको प्रदेश २ नम्बर हो, आर्थिक पछौटेपन, गरिबी र बेरोजगारी ज्यादा भएकाले आर्थिक विकासको आवश्यकता छ ।”
प्रदेश नम्बर दुईको विकासका लागि केन्द्रिय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । “गणतन्त्र नेपालमा पनि त्यहाँ ध्यान नपुगे कहिले पुग्छ ?” उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस
हात्तीको आक्रमणबाट पथलैयामा ट्रक चालकको मृत्यु

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले...

मुख्यमन्त्री नियुक्ति विवादले मधेशमा तनाव

    मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र...

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

    नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ । प्रतिनिधि सभा...

भीम रावलपनि प्रचण्ड-माधवको नेकपामा विलय हुने

    नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम...