देउवा संग ओली र प्रचण्डको कुरा मिल्यो,तीन भाई मिलेर बामदेव,नारायणकाजी र आरजुलाई बोक्ने यस्तो भयो सहमती



हाम्रो इकोनोमि

अब बन्ने नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने लगभग निश्चित जस्तै भएको छ । यद्यपी एमाले र माओवादीले यस विषयमा औपचारिका रुपमा टुङ्गो लगाएका छैनन् ।

तर दुई दलबिच नै एकता भएर वा नभएपनि , जुनसुकै अवस्थामा पनि सरकार बनाउने सहमति भइसकेको छ । ओली नेतृत्वको सरकारमा माओवादीले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीको रुपमा पठाउने तयारी गरेको छ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनावमा पराजित श्रेष्ठ मन्त्री बन्न योग्य त छैनन्, तर उनलाई राष्ट्रियसभामा मनोनित गरेर सासंद बनाउने र सरकारमा पठाउने विषयमा छलफल भएको हो ।
दुई दलबिच एकताका लागि सुत्रधार मानिएका श्रेष्ठलाई मनोनित सासंद बनाएर सरकारमा सहभागि गराउने विषयमा ओली पनि सकारात्मक रहेको बताईएको छ ।

एमालेका नेता बामदेव गौतमलाई पनि राष्ट्रियसभामा मनोनित गर्ने विषयमा छलफल भएको छ । गौतम पनि प्रतिनिधिसमा चुनावमा पराजित भएका थिए ।
तर पार्टी एकता प्रक्रियामा महत्वपूर्ण योगदान भएकाले मनोनित गरेर भए पनि राष्ट्रियसभा लैजान लागिएको हो ।

तर श्रेष्ठ र गौतम दुवैले खुलेर स्विकार गरेका छैनन् । तर नेता कार्यकर्ताले दुवै नेतालाई मनोनित गर्नुपर्ने दबाब दिइरहेका छन् ।गौतम र श्रेष्ठका साथै कांग्रेसबाट आरजु राणालाई मनोनित गर्ने रणनीतिमा कांग्रेस सभापति देउवा छन् । देउवाले नै सुरुमा राणा, श्रेष्ठ गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेको बताइएको छ ।५९ सदस्ययी राष्ट्रियसभामा एकजनासहित तीन जना सरकारले मनोनित गर्नुपर्ने हुन्छ । यसका लागी ओली दाहाल र देउवा बीच सहमति बनेको श्रोतको भनाइ छ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...