सूर्योदय लघुवित्तले पायो ७० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति



हाम्रो इकोनोमि

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत अर्थात एक बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८० लाख रुपैयाँ बराबरको दुई लाख ८० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

हाल सूर्योदय लघुवित्तको चुक्तापुँजी चार करोड रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद सेयर जारी गरेपछि लघुवित्तको चुक्तापुँजी छ करोड ८० लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनका लागि संस्थाले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...