सिद्धार्थ बैंकको ६८ लाख २६ हजार कित्ता हकप्रद फागुन २ गतेदेखि बिक्री



हाम्रो इकोनोमि

सिद्दार्थ बैंकले फागुन २ गतेदेखि दश प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०:१ को अनुपातमा १० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

बैंकले हकप्रद सेयर निष्कासनका लागि माघ २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ १९ गतेसम्म कायम बैंकका साविक शेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् । उक्त हकप्रदमा आगामी चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेको छ  ।   बैंकले गत बर्षको मुनाफाबाट १४ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।  प्रस्तावित १४ प्रतिशत बोनस शेयर र  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...