१४ वर्षीया बालिका बलात्कार गर्ने सेनाका मेजर पुर्पक्षका लागि जेल चलान



हाम्रो इकोनोमि

एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) जेल चलान भएका छ। मेजर प्रभवविक्रम शाहलाई बिहिबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले बताए।

बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए। अनुसन्धान पुरा गरी मंगलबार उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।
घटना पुस १४ गतेको हो। मेजर शाह बुद्धनगरस्थित आफन्तको डेरामा गएका थिए। सोही बेला उनले आफन्तको पनि आफन्तको बच्चासँग अप्राकृतिक यौन गतिविधि गरेका हुन्।

मेजर शाहविरुद्ध जर्बजस्ती करणी मुद्दा अन्तर्गत बालयौन दुराचारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो। प्रहरीले अनुसन्धान गरेपछि शाहलाई सैनिक हिरासतमै राखिएको थियो।
पीडित बालिकाले एक संस्थाका प्रतिनिधिलाई आफुमाथि हुने दुव्र्यवहारबारे बताएपछि सोही संस्थाको पहलमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...