सहिद दिवसको २ दिन अगाडी मुख्यमन्त्रीको टुङ्गो लगाउने साइत जुराएर एमाले–माओवादीको बैठक यसरी सकियो



हाम्रो इकोनोमि

प्रदेश सरकार निर्माण सम्बन्धी एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले १४ माघमा मात्र मुख्यमन्त्री लगायत प्रदेश सरकार सम्बन्धी विषयमा निर्णय गर्ने भएको छ। आज बसेको कार्यदलको बैठकले सम्पूर्ण विषय आगामी बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको हो।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले संघीय मन्त्री मण्डल भन्दा प्रादेशिक मन्त्री मण्डल ठूलो हुने देखिएकाले त्यसको संख्या घटाउन पहल गर्ने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए।

आजको बैठकमा कार्यदलका सदस्य रहेका एमाले नेताद्वय सुरेन्द्र पाण्डे र सुवाषचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहभागी थिए। तर, बादल पनि लामो समय बसेनन्। यसैगरी एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका बर्षमान पुन र मातृका यादवपनि उपस्थित थिएनन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...