पाल्पाका ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण



हाम्रो इकोनोमि

पाल्पामा ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाको रामपुर र तानसेन नगरपालिकासँगै निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाहुँ गाउँपालिका र रम्भा गाउँपालिकामा गरी ५९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

रैनादेवी छहरा गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा सामुदायिक स्वास्थ्य एकाइ, रिब्दिकोट गाउँपालिकामा सात वटा स्वास्थ्य चौकी, दुई वटा सामुदायिक स्वास्थ्य एकाइ र रामपुर नगरपालिकाको रामपुर अस्पताल, तानसेन नगरपालिकामा रहेको जिल्ला अस्पताल पाल्पा गरी २१ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी रहेका गाउँपालिकामा पनि अब छिट्टै कार्यालयले स्वास्थ्य संस्था हस्तान्तरण गर्ने क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...