कृषि क्षेत्रमा ज्याला समान गर्न महिलाको माग



हाम्रो इकोनोमि

कृषि क्षेत्रमा पाउने पारिश्रमिक महिला तथा पुरुषलाई समान गर्न महिलाले माग गरेका छन् ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले काभ्रेपलाञ्चोकको उग्रचण्डीमा आयोजना गरेको शान्ति निर्माणका लागि संवाद कार्यक्रममा उनीहरुले सामाजिक संरचनाका कारण ज्यालामा एकरुपता नभएको औँल्याए ।

उग्रचण्डीनालाकी भावना बजगार्इंले कृषि क्षेत्रमा पुरुष र महिलाले गर्ने काममा समानता भए पनि पारिश्रमिकमा विभेद भएको गुनासो गर्नुभयो । उहाँले महिलालाई कृषिमा आधारित काममा रु ४८० मात्रै दिइएको र पुरुषलाई रु ८०० दिएको जानकारी दिँदै समान ज्यालाका लागि सबै महिला एक हुनुपर्ने बताउनुभयो ।

उग्रचण्डीनालाकै रमा थापाले कृषिमा सामाजिक विभेदका कारण असमान ज्याला रहेको उल्लेख गर्दै श्रमको उचित पारिश्रमिक अधिकारको विषय भएको बताउनुभयो । बनेपा नगरपालिका– ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहालले नीतिगत तहबाट समान ज्याला निर्धारणको तयारी भएको जानकारी दिँदै ज्यालामा असमानता सबै क्षेत्रमा रहेको बताउनुभयो । कृषि क्षेत्रमा पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...