नेप्से परिसूचक ९ अंकले बढ्यो, विकास बैंक र अन्य बाहेक सबै समूह हरिया



हाम्रो इकोनोमि

साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ९.८० अंकले बढेर १४०४.५३ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका ६ लाख ६२ हजार १ सय ६९ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका विकास बैंक र अन्य बाहेक सबै समुहगत सूचक बढेका छन् । आज सानिमा माई हाइड्रोको १ करोड ८१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, फरवार्ड माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स , नबिल बैंक लगायत रहेका छन् ।

आज बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्बाधिक ५.१९ प्रतिशत तथा बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले ४.१७ प्रतिशत कमाएका छन् । त्यस्तै आज हिमालयन डिस्टिलरीको शेयर मूल्य ३.९७ प्रतिशत, नेको इन्स्योरेन्सको ३.७७ र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ३.४५ प्रतिशतले बढेको छ।

आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.२ प्रतिशत तथा सिनर्जी पावरका लगानीकर्ताले २.४ प्रतिशत गुमाएका छन् । त्यस्तै आज दिब्यस्वरी हाइड्रोको शेयर मूल्य २ प्रतिशत , ज्योति विकस बैंकको १.८७ प्रतिशत र नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य १.८१ प्रतिशत मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...