निर्बिरोध निर्वाचित भएर कीर्तिमानी राख्ने यी हुन् राष्ट्रिय सभाका १७ सांसद(नामावली सहित)



हाम्रो इकोनोमि

यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ८३ मध्ये १७ जना निर्विरोध निर्वाचित हुने भएका छन् । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा परिणाम घोषणा गरेको छैन ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दाबी विरोध तथा उम्मेदवारी फिर्तासम्मका निर्वाचन प्रक्रिया बाँकी नै रहेकाले आयोगले अहिले नै निर्विरोध निर्वाचित भन्न नसक्ने बताए।

अहिलेकै उम्मेदवारी संख्या सदर भएमा माघ २४ मा हुने निर्वाचनमा अब बाँकी ३९ सिटका लागि ६६ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

कूल ५९ सदस्यीय सभामा ५६ सदस्य निर्वाचनबाट चयन हुने संवैधानिक व्यवस्था छ। तीन सदस्य भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था छ।

यी हुन निर्विरोध निर्वाचित भएका १७ सदस्य

प्रदेश १

नैनकला ओझा –एमाले (महिला)

सरिता प्रसाईँ –कांग्रेस (महिला)

विना पोखरेल –माओवादी (महिला)

प्रदेश २

मुक्ताकुमारी यादव –कांग्रेस (महिला)

शशीकला दाहाल –माओवादी (महिला)

प्रमिलाकुमारी यादव –सं.स. फोरम (महिला)

रामप्रित पासवान –सं.स. फोरम (दलित)

वृषेशचन्द्र लाल –राजपा (अल्पसंख्यक)

प्रदेश ५

कोमल ओली –एमाले (महिला)

मीना बुढा –एमाले (महिला)

अनिता देवकोटा –कांग्रेस (महिला)

प्रदेश ७

शेरबहादुर कुँवर –एमाले (पुरुष)

इन्दु कडरिया –एमाले (महिला)

कमलाकुमारी ओली –एमाले (महिला)

बद्रीप्रसाद पाण्डे –कांग्रेस (पुरुष)

तारादेवी भट्ट –कांग्रेस (महिला)

हरिराम चौधरी –माओवादी (पुरुष)

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...