डिभिजन २ का लागि नेपाली टोलीको घोषणा



नामिवियामा हुने ‘डिभिजन टु’का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । खेलाडी छनोट कमिटीले ४ वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनोट गरेको हो ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी रहेका छन् ।

त्यस्तै टिममा दिलिप नाथ, ललित भण्डारी, अनिलकुमार शाह र रोहित कुमार पौडेल रहेका छन् ।

रोहितकुमार पहिलो पटक नेपाली सिनियर टोलीमा परेका छन् । नेपाली यु १९ टिमका भरपर्दा खेलाडी समेत रहेका रोहित ईपिएलमा राम्रो प्रदर्शन गरेपछि टिमको क्लोज क्याम्पमा परेका थिए ।

त्यस्तै वैकल्पिक खेलाडीमा सुनिल धमला, सिद्धान्त लोहनी, किशोर महतो र ललित नारायण राजवंशी रहेका छन् । डिभिजन टु फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा हुँदैछ । प्रतियोगितामा नेपालसहित नामिबिया, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका