इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो



हाम्रो इकोनोमि

हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ ।

वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र÷वैशाखसम्म खोलामा पानीको सतह अझ घट्ने भएकाले विद्युत् उत्पादन पनि घट्न सक्ने विद्युत् उत्पादन गृहले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी क्षमताको सानिमा माई हाइड्रोपावर आयोजनाले १० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको सवस्टेसनले जनाएको छ । उक्त हाइड्रोपावर आयोजनाले वर्षायाममा ३० मेगावाट विद्युत उत्पादन गरेको थियो ।

१८ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावरका दुवै विद्युत् गृहबाट हाल ६।१८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पाँच मेगावाट क्षमताको जोगमाई हाईड्रोले दुई हजार ५०० किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । इलाम पुवाखोला आयोजनाबाट तीन दशमलव १५ मेगावाट उत्पादन भइरहेको उक्त आयोजनाले जानकारी दिएको छ ।

इलामका मात्र होइन पाँचथर र ताप्लेजुङ जिल्लामा निर्माण सम्पन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भने प्रशारण लाइन नहुँदा राष्ट्रिय प्रशारणमा कमै मात्र पुग्ने गरेको छ । केन्द्रीय प्रशारण लाइन नहुँदा हेवा खोलामा उत्पादित विद्युत् इलाम पाँचथर ३३ केभी प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । ३३ केभी क्षमता नभएपछि न्यून मात्रामा विद्युत् केन्द्रीय प्रशारणमा जोडिएको हो ।

हेवाखोला, जोशी हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरबाट उत्पादित विद्युत् इलामको तिल्केनीस्थित सवस्टेसनमार्फत हाल करिब छ मेगावाट विद्युत् मात्र गोदक सवस्टेसनमा निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख रवीनबाबु घिमिरेले बताउनुभयो ।

सुख्खायामको शुरूवातसँगै खेतबारीमा सिँचाइका लागि किसानले पानी लैजान थालेपछि उत्पादन घटेको आयोजना सञ्चालकहरू बताउँछन् । झण्डै पाँच महिनादेखि वर्षात् नभएकाले खोलामा पानीको सतह घट्दै जानु र किसानले बाली सिँचाइका लागि पानी लैजानाले उत्पादन घटेको हो ।

वर्षा नभए अझै उत्पादन घट्न सक्ने उत्पादन गृहले जनाएका छन् । धेरै सुख्खा भएको अवस्थामा अघिल्ला वर्षहरू भन्दा यसपाली अझ विद्युत् उत्पादन घट्ने भएको छ । सुरूङदेखि पावर हाउससम्म आउने पाइप लाइन छोटो भएकाले क्षमताअनुरूप विद्युत् निकाल्न धेरै पानी चाहिने भएकाले सुख्खा मौसममा उत्पादन घटेको कर्मचारी बताउँछन् ।

जिल्लाका ठूला जलविद्युत् आयोजनाका साथै ग्रामीण क्षेत्रमा सञ्चालित लघु जलविद्युत् आयोजनामा पनि विद्युत् उत्पादन घटेको छ ।

फाकफोक, एकतप्पा, आमचोक, फूएतप्पामा उत्पादन भइरहेका जलविद्युतमा पानीको बहाव घटेकाले विद्युत् उत्पादनसमेत घटेको फाकफोक खोला पहिलो लघु जलविद्युत् आयोजनाका कर्मचारी दिलेन्द्र मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...