सिलवालले बिज्ञप्ती जारी गरे पछी हच्कियो प्रहरी,ललितपुरका प्रहरी प्रमुखले भने-सिलवाललाई नै पक्राउ गर्नका गएका होइनौं



महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ ।

परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ ।” फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च हुने गरेको उहाँको भनाइ छ । सिलवालको समेत खोजी भइरहे पनि फेला नपरेको उहाँ बताउनुहुन्छ ।
भट्टेडाँडामा भएको ‘सर्च एण्ड अपरेशन’ का नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले सिलवालको मात्रै खोजी गर्न नभएर नियमित कार्यक्रम भएको प्रष्टाउनुभयो ।
सिलवाललाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । परिसरका प्रमुख ऐरले भने ललितपुर परिसर मात्रै नभएर ७७ जिल्लामा काठमाडौँ परिसरले पत्राचार गरेको बताउनुभयो ।

यता ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् ।

सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् ।

सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् । उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।

सिलवालले विज्ञप्तिमा भनेका छन्– जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ, त्यसको अन्त्य हुनुपर्दछ र निश्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्‍याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।

उनले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।

सिलवालको विज्ञप्तिमा भनिएको छ– नेपाल प्रहरीको कर्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुँच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चका साथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?

सिलवालले आफूविरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौं प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको आरोप लगाएका छन् । ‘यो फेहरिस्तले पनि यस्तो गैरकानुनी कार्यमा को–को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन’ उनले भनेका छन् ।
निर्वाचनमा जनमत गुमाएको कामचलाउ सरकारले जसरी पनि आफू सत्ताबाट बाहिरनुअघि नै आफ्नो करिअर समाप्त पार्ने र बदनाम गर्ने अधैर्य व्यवहार देखाएको आरोप उनले लगाएका छन् ।

सांसद सिलवालले भनेका छन्– प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावश्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बदनाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकाले प्रतिशोधवस ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।पूर्वडीआइजी सिलवालले आफू जुनसुकै बेला अनुसन्धानमा सघाउन तयार भए पनि अहिलेको सरकारबाट आफू असुरक्षित भएकाले नयाँ सरकार आउनासाथ अनुसन्धान प्रक्रियामा सहभागी हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित