मुख्यमन्त्री बन्न राजेन्द्र पाण्डेले बढाए सक्रियता,तीन नम्बर प्रदेशमा मुख्यमन्त्रीको चर्चाले एमालेमा यस्तो खैलाबैला



हाम्रो इकोनोमि

धादिङका राजेन्द्र पाण्डे ३ नम्बर प्रदेशको मुख्य मन्त्री बन्नकै लागि प्रदेश सभाको चुनाव लडे । अरुलाई प्रतिनिधिसभामा उठाएर जिताउने भूमिका खेलेका पाण्डेले धादिङलाई लालकिल्ला नै बनाउन मुख्य भूमिका खेलेका पनि हुन् ।

तर अष्टलक्ष्मी शाक्यले पनि चुनाव जितेकी छिन् र एकजना महिला मुख्य मन्त्री बन्ने थलो ३ नम्बरबाहेक अन्यत्र नरहेपछि एमालेभित्र किचलो सुरु भएको हो ।

राजेन्द्र पाण्डेले केशव स्थापितलाई उठाएर होस् कि प्रचण्डलाई गुहारेर होस्, मुख्य मन्त्री मै हुनुपर्छ भनेर लविङ तीब्र पारिरहेका छन् ।

यतिमात्र होइन, माधव नेपाल समूहका भएकाले उनले कुनै हालतमा मुख्यमन्त्री मै हुनुपर्छ भनेर अध्यक्ष ओलीमाथि दबाब दिइरहेका छन् । तर अष्टलक्ष्मी शाक्य, शान्त भएर पार्टीले मूल्यांकन गर्ने र सकारात्मक निर्णय गर्छ भनेर प्रतिक्षा गरिरहेकी छिन् ।

५ नम्बरमा शंकर पोखरेल हुने निश्चित गरे पनि बाँकीमा को त ? व्यापक चलखेल चलिरहेको छ । यो गुटबन्दीले बलियो एमालेलाई कमजोर पार्ने आँकलन गर्न थालिएको छ ।

स्मरणीय के पनि छ भने पार्टीका एक वरिष्ठ नेताका अनुसार वाम गठबन्धन विजयी भएको अवस्थामा शाक्यको मुख्यमन्त्री निर्विवाद रहेको समझदारी चुनावपूर्व नै बनेको थियो, प्रदेश पाँचमा जस्तै ।

नेता राजेन्द्र पाण्डेको पक्षमा पनि मुख्य मन्त्री पदको लविङ सुरु भएपछि शाक्य समर्थकहरु तातिएका छन् । महिला भएकै कारण उनको वरियता तथा वैधानिक दावी मिचिने सक्ने चर्चा पनि पार्टी भित्र हुन थालेको सुनिदै छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...