मुख्यमन्त्री बन्न राजेन्द्र पाण्डेले बढाए सक्रियता,तीन नम्बर प्रदेशमा मुख्यमन्त्रीको चर्चाले एमालेमा यस्तो खैलाबैला



हाम्रो इकोनोमि

धादिङका राजेन्द्र पाण्डे ३ नम्बर प्रदेशको मुख्य मन्त्री बन्नकै लागि प्रदेश सभाको चुनाव लडे । अरुलाई प्रतिनिधिसभामा उठाएर जिताउने भूमिका खेलेका पाण्डेले धादिङलाई लालकिल्ला नै बनाउन मुख्य भूमिका खेलेका पनि हुन् ।

तर अष्टलक्ष्मी शाक्यले पनि चुनाव जितेकी छिन् र एकजना महिला मुख्य मन्त्री बन्ने थलो ३ नम्बरबाहेक अन्यत्र नरहेपछि एमालेभित्र किचलो सुरु भएको हो ।

राजेन्द्र पाण्डेले केशव स्थापितलाई उठाएर होस् कि प्रचण्डलाई गुहारेर होस्, मुख्य मन्त्री मै हुनुपर्छ भनेर लविङ तीब्र पारिरहेका छन् ।

यतिमात्र होइन, माधव नेपाल समूहका भएकाले उनले कुनै हालतमा मुख्यमन्त्री मै हुनुपर्छ भनेर अध्यक्ष ओलीमाथि दबाब दिइरहेका छन् । तर अष्टलक्ष्मी शाक्य, शान्त भएर पार्टीले मूल्यांकन गर्ने र सकारात्मक निर्णय गर्छ भनेर प्रतिक्षा गरिरहेकी छिन् ।

५ नम्बरमा शंकर पोखरेल हुने निश्चित गरे पनि बाँकीमा को त ? व्यापक चलखेल चलिरहेको छ । यो गुटबन्दीले बलियो एमालेलाई कमजोर पार्ने आँकलन गर्न थालिएको छ ।

स्मरणीय के पनि छ भने पार्टीका एक वरिष्ठ नेताका अनुसार वाम गठबन्धन विजयी भएको अवस्थामा शाक्यको मुख्यमन्त्री निर्विवाद रहेको समझदारी चुनावपूर्व नै बनेको थियो, प्रदेश पाँचमा जस्तै ।

नेता राजेन्द्र पाण्डेको पक्षमा पनि मुख्य मन्त्री पदको लविङ सुरु भएपछि शाक्य समर्थकहरु तातिएका छन् । महिला भएकै कारण उनको वरियता तथा वैधानिक दावी मिचिने सक्ने चर्चा पनि पार्टी भित्र हुन थालेको सुनिदै छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...