बिरोधका बीच कोमल ओली यसरी राष्ट्रिय सभा सदस्यमा निर्बिरोध निर्वाचित भईन



हाम्रो इकोनोमि

प्रदेश नम्बर पाँचमा एमालेका तर्फबाट राष्ट्रियसभाका उम्‍मेदवार बनेकी बनेकी लोक गायिका कोमल ओलीसहित तीन जना महिला निर्विरोध निर्वाचित भएका छन्।

महिला तर्फ छुट्‍याएको तीन कोटामा एमालेका दुई र कांग्रेसका एक महिला निर्विरोध निर्वाचित भएको प्रदेशको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

उनले भने, ‘ उहाँहरु महिला कोटामा निर्विरोध निर्वाचित हुनु भएको छ। तर आधिकारिक घोषणा भने माघ १५ गते गर्छौ।’

यसका साथै प्रदेश नं. ५ मा राष्ट्रिय सभा निर्वाचनमा चार राजनैतिक दलका ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।जसमा खुल्लातर्फ ४, महिलामा ३, दलितमा २ र अपाङ्ग/अल्पसंख्यकमा २ जना गरी जम्मा ११ जनाको उम्मेदवारीले दर्ता गराएका हुन् ।

खुल्लामा
नेकपा एमाले–खिमलाल भट्टराई
नेकपा माओवादी केन्द्र–चन्द्रबहादुर खड्का
नेपाली काङग्रेस–दुर्गा प्रसाद उपाध्याय
राष्ट्रिय जनमोर्चा–रश्मीराज नेपाली

महिलामा

नेकपा एमाले–कोमल वली

नेकपा एमाले–मिना वुढा
नेपाली काङ्ग्रेस–अनिता देवकोटा

दलित

नेकपा एमाले–रामलखन हरिजन
नेपाली काङग्रेस–मैकलाल वाल्मीकी
अपाङ्ग÷अल्पसंख्यक
नेकपा माओवादी केन्द्र–रामकुमार कवर
नेपाली काङग्रेस–लुटबहादुर खत्री

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...