नेप्से १.६९ अंकले बढ्दा जम्मा २६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज १ दशमलव ६९ अंकले नेप्से बढेर परिसूचक १३९४ अंकमा कायम भएको छ।

बजारमा कारोबार रकम भने घटेको छ। कुल १५६ कम्पनीको २६ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो। यस दिन फाइनान्स, उत्पादन र माइक्रोफाइनान्स उपसूचक रातो अंकमा रहे भने अरु सबै हरियो अंकमा देखिए। फाइनान्स ०.७, उत्पादन २६ र माइक्रोफाइनान्स २ अंकमा घटे।

यस दिन बैंकिङ ०.३, व्यापार ४, होटल १४, विकास बैंक ७, जलविद्युत ३, बिमा १६ र अन्य समूह ५ अंकले बढे। कारोबारका आधारमा नेपाल फाइनान्सको संस्थापक सेयर उच्च रह्यो। सो कम्पनीको ३ करोड ५४ लाखको कारोबार भयो। नविल बैंक, बुटवल पावर, स्टान्डर्ड चार्टड पनि कारोबारका आधारमा अग्रस्थानमा रहे।

एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत मूल्य कमाए। सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशत बढ्यो। हिमालयन डिस्टिलरीका लगानीकर्ताले ५ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...