बहालवाला असईको यस्तो फेला पर्यो आपराधिक धन्धा,बर्दीको आडमा दादागिरी मच्चाउने तीन पुलिस यसरी जाकिए खोरमा



हाम्रो इकोनोमि

कानुनको पालना गराउने प्रहरी नै अपराधमा संलग्न हुन थालेका छन्। तर, प्रहरी भन्दैमा अपराध गर्ने छुट छैन। बर्दीको आडमा काठमाडौंमा अपराध गर्न खोज्ने तीन प्रहरी हिरासतमा पुगेका छन्।
दुई जना लागुऔषध सेवन तथा कारोबार र एक जना वन्यजन्तुको अंग कारोबार मुद्दामा हिरासतमा परेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले असई सुमित सिटौलालाई पक्राउ गरी लागुऔषध मुद्दामा कारबाही अघि बढाएको छ। उनीसँग करिब एक सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। संघीय प्रहरी इकाइ बाग्मतीमा कार्यरत असई सिटौला तालिमको क्रममा प्रहरी एकेडेमीमा रहेका बेला पक्राउ परेका हुन्।

त्यस्तै गत शनिबार महानगरीय अपराध महाशाखाले हवल्दार जनक बोहरालाई चितुवाको छालासहित पक्राउ गर्यो। बैतडीका दुई साथीसँग मिलेर चितुवाको छाला बेचेर पैसा कमाउन खोज्दा उनी प्रहरीकै फन्दामा परे। जिल्ला वन कार्यालयले थुनामा राखेर उनीमाथि मुद्दा अघि बढाएको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाले आफ्नै एक प्रहरीलाई लागुऔषध मुद्दा चलाएको छ। सिभिलमा काम गर्ने जवान खिलाराज मगरलाई लागुऔषध मुद्दा चलाएको छ।

सिभिलमा काम गर्ने मगरले लागुऔषध कारोबारीहरुसँग बरामद भएको लागुऔषध आफैं राख्ने र घुस लिएर उनीहरुलाई छाडिदिने गरेका थिए। बरामद भएको लागुऔषध अन्य दुर्व्यसनीहरुलाई बेच्दै आएका थिए।

महानगरीय प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेका एक लागुऔषध दुर्व्यसनीले उनीसँग लागुऔषध किनेको खुलेपछि जनसेवा वृत्तले नै उनलाई हिरासतमा राखी मुद्दा चलाएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशी गलत काममा लाग्ने कुनै पनि कर्मचारीलाई संगठनले संरक्षण नगर्ने बताउँछन्। त्यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारबाही भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...