वर्षाले खेल अवरुद्ध



हाम्रो इकोनोमि

बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ ।

गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजे शुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिनुभयो ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधिका लागि दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहीमाडौँ भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो भने दशरथचन्द नगरपालिका–६ थालिगाडालाई चार विकेटले स्तब्ध पार्दै देहीमाडौँ उपाधि नजिक पुगेको हो ।

उपाधि विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार र म्यान अफ द सिरीज एक जनाले रु पाँच हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । शहीद दिवशको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...