देउवा सरकारका कामचलाउ मन्त्रीले मेलम्चीको पैसामा विदेश लागेर यसरी चलाए श्रीमती



छोडिजाने मन्त्रीलाई मन्त्रालयकै कर्मचारीले टेर्न छाडें । मन्त्री हुनुको मज्जा अरु नपाए पछि श्रीमती बोकेर ठाँउ कु ठाँउ घुम्दै मोजमस्ती गर्दैछन् देउवा सरकारका एक जना मन्त्री । मेलम्ची खानेपानी आयोजनाको खर्चमा विदेश भ्रमण गर्न लागेका खानेपानी तथा सरसफाइ मन्त्री हुन महेन्द्र यादव भोलीदेखि सुरु हुने कार्यक्रममा भाग लिन पत्नी वीनालाई बोकेर उनी त्यता जाने तरखर गर्दैछन् ।आजै साँझ उनी पोखरा पुगेर रमाइलो गदृैछन र भोली त्यता लाग्ने तरखर छ ।

रमाइलो चाहिँ के हो भने भनिएको छ कार्यशाला,तर कार्यशालाको नाम कसैलाई थाहा छैन् । सो कार्यक्रमको खर्च मेलम्ची खानेपानी परियोजनाले बेर्होने छ । मन्त्री यादवले सचिव गजेन्द्र ठाकुर मार्फत यो प्रस्ताव लेख्न लगाई क्याविनेटमा पठाएका हुन् । यादव दम्पत्तिसँगै मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनाल पनि स्पेन उड्ने भएका छन् । यता, अर्को गाइजात्रा छ । अहिले खानेपानी तथा सरसफाई मन्त्रालय मातहतका पाँचवटै क्षत्रीय कार्यलयहरुमा वेरुजु फर्स्र्यौट गोष्टी चल्दैछ ।

गत माघ २ देखि ४ गतेसम्म सुदुरपश्चिमाञ्चलमा आयोजित चालु आर्थिक वर्षको समीक्षा तथा वित्तिय अनुसन्धानसम्बन्धी गोष्ठीमा मन्त्री पुगेनन् । त्यहाँ अनावश्यक रहेका राज्यमन्त्री राज्यमन्त्री अब्दुर रेज्जक गड्डी,डिडिजी तेज भट्ट,सुनिल कुमार दास लगायतको उपस्थिती थियो । सुर्खेतमा गोष्टी चल्दै गर्दा सरकारी गाडिमा नेपालगञ्जतिर शयर गर्दै थिए मन्त्री बिना यादव र त्यहाँको कामु डिजी प्रदीप मुडवरीको श्रीमती । यसरी सचिव र लेखा प्रमुखको अनिवार्य उपस्थिती मानिने तर मन्त्रीहरुको उपस्थिती जरुरी नमानिने गोष्टीहरुमा मन्त्रीहरु बडबटालियन बोकेर धाउन थाल्दा उल्टै बेरुजु थपिएको छ । मन्त्री पत्नी सहित बोकेर यस्ता कार्यक्रममा हिड्दा कर्मचारीहरु मन्त्री र पत्नीको चाकडीमा दौडदामै फुर्सद नपाउने र फाइल सदर गर्न राजधानी नै आउनुपर्नै भएपछि वेरुजु गोष्टीमा उल्टै बेरुजु बढ्न पुगेको जनआस्थाले उल्लेख गरेको छ ।

यस्तै पश्चिमाञ्चलमा यही ११ गतेदेखि १३ गतेसम्म,पूर्वाञ्चलमा १७ गतेदेखि १९ सम्म,मध्यमाञ्चलमा २३ देखि २५ गतेसम्म आयोजना बेरुजु फर्स्र्यौट गोष्टीको आयोजना हुँदैछ । र पाँचवटै कार्यलयमा गोष्टीहरुमा मन्त्री/ राज्यमन्त्री कार्यक्रममा बटालियन बोकेर जाने तालिका तय भएको खानेपानी मन्त्रालय स्रोतको भनाई छ ।
उता, नियमानुसार खानेपानी संस्थानमा ९ जनाभन्दा बढी सञ्चाल हसन नपाउने नियम छ । त्यहाँ अहिले नियमविपरीत ११ सञ्चालक छन् । त्यहाँ समेत मन्त्री यादवका पिए बीरेन्द्र कुमार यादवदेखि भोगेन्द्र मिश्र, गुनाखर भुर्तेल, मीना पौडेल, वासु पौडेल, नेत्रप्रकाश पन्त, शान्ता पाण्डे, लीलाराम शर्मासम्मलाई नियुक्ती गर्ने तयारी चलिरहेको छ । यस्तै मन्त्री यादवले खानेपानी तथा ढल निकास विभाग अन्र्तगत विभिन्न डिभिजन,सव डिभिजन तथा अयोजना अन्त्रगत अस्थायी कर्मचारी राख्न अनावश्यक दबाब दिएको खानेपानी मन्त्रालय स्रोतको भनाई छ । अनावश्यक नियुक्ती र भ्रमणका सम्बन्धमा त्यहाँका सचिव गजेन्द्र ठाकुरसँग जिज्ञासा राख्न बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित