मध्यराति १४ लाख लुटेपछि गालामा ‘किस’ खाएर यसरी भागे लुटेरा



हाम्रो इकोनोमि

बुधबार बिहान भक्तपुरमा नाटकीय शैलीमा डकैती गर्ने गिरोहका सदस्यले सम्पती लुटिसकेपछि नाटकीय शैलीमै भागेको पीडितले बताएका छन्। लुटेराममध्ये एकले पीडित राम तामाङका छोरालाई गालामा ‘किस’ खाएर भागेका थिए। सुरुमा रिभल्वर देखाई परिवारका सदस्यलाई नियन्त्रणमा लिएका उनीहरुले पछि सबै धनमाल लिइसकेपछि अनौठो व्यवहार देखाएका हुन्।

पीडित तामाङका अनुसार सबै सम्पती लिइसकेपछि एक लुटेराले आफ्ना छोराको गाला सुमसुम्याएर किस खाएर निस्किएका थिए।

‘आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भनेपछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो,’ लामा भन्छन्,‘भाग्ने बेला एउटाले छोराको गालामा म्वाई खाएर गयो।’

काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी तामाङको परिवारलाई पेस्तोल देखाएर नियन्त्रणमा लिई उनीहरुले डकैती गरेका हुन्।
बिहान करिब २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेर घरभित्र छिरेका थिए।
लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद एक लाख ६२ हजार रुपैयाँ नगद लुटेका छन्।

डकैती समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका डकैती गरेका हुन्।
२ घन्टापछि मात्र आफुहरुले घटनाको जानकारी पाएको र अनुसन्धान अघि बढाइएको भक्तपुरका डिएसपी कृष्ण प्रसाईले बताए। महानगरीय अपराध महाशाखाले पनि घटनाको अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस
इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...

अमेरिका–इरान वार्ता असफल

    इस्लामाबादमा रातदेखि बिहानसम्म चलेका यी लामो र महत्त्वपूर्ण वार्ताहरू बिना कुनै...