प्रदेश नं २ मा काँग्रेस र मधेस केन्द्रित दलको गठबन्धन



हाम्रो इकोनोमि

राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् ।

प्रदेश नं २ मा काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई÷दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् ।

काँग्रेसले सोही सहमतिअनुसार प्रदेश नं २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला)लाई उम्मेदवारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै काँग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी (खुला), सरिता प्रसार्इं (महिला) र विन बिक (दलित) तथा प्रदेश नं ३ मा राधेश्याम अधिकारी (खुला) र धना खतिवडा (महिला)लाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । प्रदेश नं. ३ मा काँग्रेसका उम्मेदवारलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले सघाउने सहमति भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

काँग्रेसले अन्य चार प्रदेशमा भने मङ्गलबार नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगको तालिका अनुसार माघ १० गते आज उम्मेदवारको मनोनयन पत्र दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...