मेगा बैंकले ६ प्रतिशत नाफा बढायो, दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा



हाम्रो इकोनोमि

मेगा बैंकले चालु आर्थिक वर्ष २०७४.७५ को ६ महिनामा ६ प्रतिशतले नाफा बढाएको छ।गत वर्षको ६ महिनाको तुलनामा बैंकले ६ प्रतिशत बढी नाफा कमाएको हो।

बैंकले ६ महिनामा ३९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ।गत वर्षको सोही अवधिमा ३७ करोड ९ लाख रुपैयाँ थियो।बैंकले ६ महिनामा खुद ब्याज आम्दानी ८४ करोड ६३ लाख रुपैयाँ छ। बैंकले सोही अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको भए पनि ब्याज खर्च भने एक अर्ब ६५ करोड रुपैयाँ छ।बैंकले ६ महिनामा ४५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

गत वर्षको सोही अवधिमा ३८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ६ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।बैंकको चुक्ता पूँजी यो अवधिको एक आर्थिक वर्षमा ४ अर्ब १ करोड रुपैयाँबाट ७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा एक अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात यो अवधिको एक आर्थिक वर्षमा १३.३५ प्रतिशतबाट बढेर १८.५२ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा ०.९६ प्रतिशत छ। बैंकको आधार दर ८.९४ प्रतिशतबाट बढेर १०.८६ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी ५रुपैयाँ ३४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...