राष्ट्रियसभाका लागि कांग्रेसले टुंग्यायो तीनवटा प्रदेशमा उमेदवार (सुचिसहित)



हाम्रो इकोनोमि

सत्तारुढ नेपाली कांग्रेसले आशन्न राष्ट्रियसभा निर्वाचनका लागि तीन वटा प्रदेशबाट उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले ४, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको हो ।

बैठकले ४ नम्बर प्रदेशबाट खुलातर्फ सुरेन्द्रराज पाण्डेय, महिलातर्फ वृन्दा रानामगर, दलिततर्फ जीतबहादुर नेपाली र अपांग–÷अल्पसंख्यकतर्फ प्रकाश पन्तको नाम टुंगो लगाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै ६ नम्बर प्रदेशबाट विष्णुबहादुर शाही (खुल्ला) , सूर्यदेवी मल्ल (महिला) सिताराम विक (दलित) र गोपाल प्रसाद शर्मा (अपांग अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले ७ नम्बर प्रदेशबाट बद्रीप्रसाद पाण्डे (खुला), तारादेवी भट्ट (महिला), शेरीराम पार्की (दलित) र छत्रराज जोशी (अपांग–अल्पसंख्यक) लाई राष्ट्रियसभाका लागि उमेदवार बनाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...