राष्ट्रियसभाका लागि कांग्रेसले टुंग्यायो तीनवटा प्रदेशमा उमेदवार (सुचिसहित)



हाम्रो इकोनोमि

सत्तारुढ नेपाली कांग्रेसले आशन्न राष्ट्रियसभा निर्वाचनका लागि तीन वटा प्रदेशबाट उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले ४, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको हो ।

बैठकले ४ नम्बर प्रदेशबाट खुलातर्फ सुरेन्द्रराज पाण्डेय, महिलातर्फ वृन्दा रानामगर, दलिततर्फ जीतबहादुर नेपाली र अपांग–÷अल्पसंख्यकतर्फ प्रकाश पन्तको नाम टुंगो लगाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै ६ नम्बर प्रदेशबाट विष्णुबहादुर शाही (खुल्ला) , सूर्यदेवी मल्ल (महिला) सिताराम विक (दलित) र गोपाल प्रसाद शर्मा (अपांग अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले ७ नम्बर प्रदेशबाट बद्रीप्रसाद पाण्डे (खुला), तारादेवी भट्ट (महिला), शेरीराम पार्की (दलित) र छत्रराज जोशी (अपांग–अल्पसंख्यक) लाई राष्ट्रियसभाका लागि उमेदवार बनाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...