नेप्से १४ सय बिन्दुभन्दा तल, ३२ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ९.०५ अंकले घटेर १४ सय भन्दा तल अर्थात् १३९३.०४ को बिन्दु र रोकिएको छ ।

आज बजारमा १५५ कम्पनीका शेयर ३२ करोड २६ लाख रुपैयाँमा खरिद बिक्री भयो। सोमबार ३६ करोड रुपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम चार करोड रुपैयाँ कम हो। मंगलबार सबैभन्दा बढी सानिमामाई हाइड्रोपावर कम्पनीको दुई करोड ९२ लाख रुपैयाँको कारोबार भयो।

उपसूचक मिस्रित देखिएका छन्। बैंक ६.६७, ट्रेडिङ ०.५, होटल ३७.२९, विकास बैंक ३.४५, जलाबिद्युत २९.४८, फाइनान्स ३.८३, बीमा ८७.६५, अन्य ०.३६ र लघुबित्त ९.२१ अंकले घटेका छन्। उत्पादनमुलक समुहमा कुनै कारोबार भएन।

मंगलबार फर्स्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाए।कालिका माइक्रोक्रेडिटका शेयर धनीले सबैभन्दा बढी करिब ६ प्रतिशत नै गुमाए।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...