पूर्ब डिआइजी सिलवालको प्रहरीलाई चुनौती, मलाई पक्रेर देखा? देउवालाई पनि दिए यस्तो धम्की



हाम्रो इकोनोमि

प्रहरीले खोजी गरिरहेका पुर्ब डिआइजी एवं नेकपा एमालेका सांसद नवराज सिलवालले अफुलाई समातेर देखाउन नेपाल प्रहरीलाई चुनौती दिनुभएको छ । सिलवालले आफु बिरुद्ध इन्र्टरपोल मार्फत सुचना जारी गरेर सरकारको निरंकुश शासन शैली कायम रहेको सन्देश दिएको बताउनुभएको छ ।

आफूविरुद्ध नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत सिलवालले आफु देश बाहिर नभागेको उल्लेख गर्नुभएको छ ।

कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेको अझै पनि आफुसंग निरंकुश शासन शैलीका बिरुद्ध लड्ने आटभएको धम्किपुर्ण चेतावनी समेत सिलवालको रहेको छ ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरणा आफूविरुद्ध प्रतिशोध साँध्न शक्तिको गलत प्रयोग भइरहेकोे सिलवालको भनाईछ । सिलवाल नेपालबाहिर रहेको ठहरसहित नेपाल प्रहरीले नोटिस जारीगर्ने भएपछि केही दिनअघि भाइबरमार्फत पत्रकारलाई फोन गरेर आफू ललितपुरको भट्टेडाँडामा प्रहरी अधिकारीसँगै रहेको सिलवालको दाबी थियो ।

नेकपा एमालेले पनि सिलवालमाथि प्रतिशोधको आधारमा रेडकर्नर नोटिस जारी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...