माओबादीको खुमलटार र एमालेको बालकोटमा राष्ट्रियसभाको उम्मेदवार टुंग्याउने बैठक जारी,को-को हुदैछन उम्मेदवार?



राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रका तीन शीर्ष नेताको बैठक बसिरहेको छ।
मंगलबार बिहानदेखि माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए। ‘बैठक बसिरहेको छ’, उनले भने, ‘आजै नाम टुंगो लाग्छ।’

यसअघि माओवादीका शीर्ष तीन नेतालाई उम्मेदवार टुंग्याउने जिम्मेवारी दिइएको थियो। निर्वाचन आयोगले बुधबार उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेकाले नाम टुंगो लगाउन पार्टीलाई सकस परेको हो।

नेकपा एमाले र माओवादी केन्द्रले ५६ मध्ये ४३ सिटमा साझा उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्। उनीहरुले क्रमश २९ र १४ स्थानमा उम्मेदवारी दिनेछन्। एमालेले भने हिजो ५, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेदवार छनोट गरिसकेको छ।

उता राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेकपा एमालेको स्थायी समिति बैठक शुरु भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा शुरु भएको हो।

आजको बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नम्बर १, २, ३ र ४ का उम्मेदवार छनोट गर्नेछ। यसअघि सोमबार बसेको स्थायी कमिटीको बैठकले ५, ६ र ७ नम्बर प्रदेशका १३ जना उम्मेदवार छनोट गरेको थियो।

प्रदेश कमिटीले सिफारिस गरेका नाम मध्येबाट पार्टीको स्थायी समितिले अन्तिम नामावली छनोट गर्नेछ। वाम गठबन्धनको एक घटक एमालेले राष्ट्रियसभाका २९ सिटमा उम्मेदवारी दिनेछ।

सोमबार टुंगो लागेका उम्मेदवारहरुको सूचीः

प्रदेश नं ५
१. कोमल वली (महिला), दाङ
२. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
३. खिमलाल भट्टराई (खुला), रुपन्देही
४. मीना बुढा (महिला), रोल्पा

प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा (महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७
१. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
२. कमला ओली (महिला), कैलाली
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका