लक्ष्मी बैंकको नाफा २८ प्रतिशतले बढ्यो



हाम्रो इकोनोमि

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा लक्ष्मी बैंकको नाफा करिब २८ प्रतिशतले बढेको छ ।  बैंकको नाफा ५१ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने ४१ प्रतिशतले वृद्धि भएको छ । यो ६९ करोड रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी भने १० प्रतिशतले बढेको छ । यो रकम ९९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ३९ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम २७ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १९ करोड रुपैयाँ राखेको छ भने मात्रै ४ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात बढेर १.२९ प्रतिशत रहको छ । करिब १ सय ३९ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब ८.५० प्रतिशतले निक्षेप बढेर ६० अर्ब रहेको छ । कर्जा १५ प्रतिशतले वृद्धि भएर ५५ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९१ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७.९३ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग केही स्पेस छ ।

बैंकको कुल कर्जा लगानीमा ४१ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २२ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल १३ प्रतिशतबाट घटेर करिब १० प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ५ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब पुगेको छ भने सञ्चिती २ अर्ब करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३.२३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.८० गुणा र प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...