सल्यानमा बस दुर्घटना, चारको मृत्यु, २१ जना घाइते



हाम्रो इकोनोमि

सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् ।

रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमध्ये रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको मात्र सनाखत भएको छ ।

अरू दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट डेढ सय मिटर तल बस खसेर दुर्घटना भएको हो ।

बसमा कति जना सवार थिए भन्ने यकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए ।

घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...

अमेरिका–इरान वार्ता असफल

    इस्लामाबादमा रातदेखि बिहानसम्म चलेका यी लामो र महत्त्वपूर्ण वार्ताहरू बिना कुनै...