ओली निबासमा मुख्यमन्त्री र राष्ट्रिय सभा सदस्य छान्न एमाले स्थायी समितीको बैठक शुरु



हाम्रो इकोनोमि

राष्ट्रिय सभामा भागबण्डा सकिएपछि आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमाले स्थायी समितिको बैठक ओली निवास बालकोटमा शुरु भएको छ ।

४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनमा आवद्ध एमाले–माओवादी केन्द्रले क्रमशः २९ र १४ सिट बाँडफाँट गरेका छन्। एमालेको भागमा परेको तिनै २८ सिटमा कसकसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा आजको बैठकले निर्णय गर्नेछ।

‘आजको बैठक मूलत राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि भएपनि बैठकमा मुख्यमन्त्री चयनबारे पनि सामान्य छलफल हुने सम्भावना छ’ स्थायी समितिका एक सदस्यले भने, ‘एमाले–माओवादी केन्द्र कार्यदलमा मुख्यमन्त्रीको बाँडफाँटबारे पार्टीको तर्फबाट राखिने धारणाबारे छलफल हुनेछ।’

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकारबारे सुझाव दिन गठन गरिएको दुई पार्टीको कार्यदलको समयावधि हिजोको पार्टी एकता संयोजन समितिले थप गरेको छ। प्रदेश सरकार गठनका सम्बन्धमा कार्यदल कुनै निष्कर्षमा नपुगेकाले समितिले कार्यदलको बैठक थप गरेको हो।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...