ओली निबासमा मुख्यमन्त्री र राष्ट्रिय सभा सदस्य छान्न एमाले स्थायी समितीको बैठक शुरु



हाम्रो इकोनोमि

राष्ट्रिय सभामा भागबण्डा सकिएपछि आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमाले स्थायी समितिको बैठक ओली निवास बालकोटमा शुरु भएको छ ।

४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनमा आवद्ध एमाले–माओवादी केन्द्रले क्रमशः २९ र १४ सिट बाँडफाँट गरेका छन्। एमालेको भागमा परेको तिनै २८ सिटमा कसकसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा आजको बैठकले निर्णय गर्नेछ।

‘आजको बैठक मूलत राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि भएपनि बैठकमा मुख्यमन्त्री चयनबारे पनि सामान्य छलफल हुने सम्भावना छ’ स्थायी समितिका एक सदस्यले भने, ‘एमाले–माओवादी केन्द्र कार्यदलमा मुख्यमन्त्रीको बाँडफाँटबारे पार्टीको तर्फबाट राखिने धारणाबारे छलफल हुनेछ।’

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकारबारे सुझाव दिन गठन गरिएको दुई पार्टीको कार्यदलको समयावधि हिजोको पार्टी एकता संयोजन समितिले थप गरेको छ। प्रदेश सरकार गठनका सम्बन्धमा कार्यदल कुनै निष्कर्षमा नपुगेकाले समितिले कार्यदलको बैठक थप गरेको हो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...