नेप्से परिसुचक झिनो अंकले ओरालो लाग्दा ३६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

सोमबारको सेयर बजार नेप्से परिसूचक ०.५८ अंकले घटेर १४०२.०९ अंकमा झरेको छ । आज बजारमा ३६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भयो।

यसदिन १६३ कम्पनीको ९ लाख ५४ हजार ६३० कित्ता सेयर तीन हजार ९३३ खरिद विक्री भएका छन् । आईतबारको तुलनामा कारोबार रकम १४ करोड रुपैयाँले घटेर ३६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै ५ वटा उपसूचक उकालो लागेका छन् भने ५ वटै उपसूचक ओरालो लागेका छन्।

सोमबार कमर्सियल बैंक ०.८३, ट्रेडिङ १०.२२, होटल ०.५६, हाइड्रोपावर २३.४३, उत्पादन तथा प्रसोधन ३.४१ अंकले उकालो लागेको छ भने विकास बैंक ०.५२, फाइनान्स २.०५, इन्स्योरेन्स १८.६५, अन्य ४.३ र माइक्रोफाइनान्स १३.२९ अंकले ओरालो लागेका छन्।

सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावरको ५ करोड १८ लाख रुपैयाँको कारोबार भयो। कामना सेवा विकास बैंकका शेयर धनीहरुले ७.५९ अंकले कमाएका छन् भने बेस्ट फाइनान्स कम्पनीका शेयर धनीले ४.४१ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...