नेप्से परिसुचक झिनो अंकले ओरालो लाग्दा ३६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

सोमबारको सेयर बजार नेप्से परिसूचक ०.५८ अंकले घटेर १४०२.०९ अंकमा झरेको छ । आज बजारमा ३६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भयो।

यसदिन १६३ कम्पनीको ९ लाख ५४ हजार ६३० कित्ता सेयर तीन हजार ९३३ खरिद विक्री भएका छन् । आईतबारको तुलनामा कारोबार रकम १४ करोड रुपैयाँले घटेर ३६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै ५ वटा उपसूचक उकालो लागेका छन् भने ५ वटै उपसूचक ओरालो लागेका छन्।

सोमबार कमर्सियल बैंक ०.८३, ट्रेडिङ १०.२२, होटल ०.५६, हाइड्रोपावर २३.४३, उत्पादन तथा प्रसोधन ३.४१ अंकले उकालो लागेको छ भने विकास बैंक ०.५२, फाइनान्स २.०५, इन्स्योरेन्स १८.६५, अन्य ४.३ र माइक्रोफाइनान्स १३.२९ अंकले ओरालो लागेका छन्।

सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावरको ५ करोड १८ लाख रुपैयाँको कारोबार भयो। कामना सेवा विकास बैंकका शेयर धनीहरुले ७.५९ अंकले कमाएका छन् भने बेस्ट फाइनान्स कम्पनीका शेयर धनीले ४.४१ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...