सिटिजन्स् म्युचुअल फण्डमा आवेदन दिने समय लम्बियो, माघ १७ सम्म आवेदन दिन सकिने



हाम्रो इकोनोमि

सिटिजन्स बैंकको सहायक कम्पनी सि।बि।आई।एल क्यापिटल (CBIL) ले निष्कासन गरेको सिटिजन्स् म्युचुअल फण्डमा आवेदन गर्ने समय थप गरेको छ । निष्काशित सबै इकाइको लागि आवेदन नपरेपछि समय थप गरिएको हो ।

क्यापिटलले माघ २ देखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्मका लागि १० रुपैयाँ अंकित १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रि खुला गरेको थियो। तर माघ ७ गते आइतबार बेलुकासम्म करिब ११ हजार आवेदकबाट पाँच करोड इकाईका लागि ५० करोड रुपैयाँ बढीको आवेदन परेको क्यापिटलले जनाएको छ। सबै संकलन केन्द्रबाट तथ्याङ्क आइनसकेकाले यो नै अन्तिम तथ्यांक नभएको क्यापिटलको भनाई छ।

निष्काशन गरेको इकाई भन्दा झन्डै आधा इकाई मात्र बिक्रि भएपछी क्यापिटलले म्याद थप गरि माघ १७ सम्म आबेदन दिन मिल्ने बनाएको छ। यदि बिक्रि खुला गरिएको इकाईमा माग आबेदन परेमा बिचैमा आबेदन बन्द गर्न सकिने क्यापिटलले जनाएको छ।

एनआईसी एसिया क्यापिटलले पनि माघ २ देखि नै १ अर्व रुपैयाँ बराबरको एनआइसी एशिया ग्रोथ फण्डु को इकाई बिक्रिमा ल्याउँदा सिटिजन क्यापिटलले निष्काशन गरेको इकाई छायाँमा परको विश्लेषण गरिएको छ।

कोषको कुल १० करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सिटिजन बैंकको लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। फन्ड निष्काशनका लागि क्यापिटलले नेपाल धितोपत्र बोर्डले पुष १८ मा स्वीकृति प्राप्त गरेको हो।

एक जना लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम २० लाख इकाईका लागि अर्थात एक हजार रुपैयाँदेखि २ करोड बराबरको आबेदन दिन सक्नेछन।

इच्छुक लगानीकर्ताले सिबिआईएल क्यापिटल बाटुलीघर, पुतलीसडक र सिटिजन बैंकका सम्पूर्ण शाखा कार्यालयबाट फारम प्राप्त गरी आबेदन दिन सक्नेछन। आवेदककर्ताले आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका ७७ जिल्लाका शाखा कार्यालयबाट समेत आबेदन दिन सक्नेछन।

सिबिआईएल क्यापिटलको पहिलो मुचुअल फन्ड, सिटिजन म्युचुअल फन्डु ७ बर्ष बन्दमुखी योजना हो। योजना बिक्री भएपछि नेप्सेमा पनि सुचिकृत हुने भएकोले ७ वर्ष अगावै पनि दोस्रो बजारमा इकाई कारोबार गर्न सकिनेछ। योजना मार्फत उठेको रकम मध्येको झन्डै ७० प्रतिशत रकम पुंजी बजारमा लगानी हुनेछ। यसले पुंजीबजारमा बढ्दो सेयर आपूर्तिमा केहि सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

हाल बजारमा १२ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन्। जस मध्ये १० वटा म्युचुअल फन्ड नेप्सेमा सुचिकृत छन।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...