आहा रारा गोल्डकप ९ गतेबाट, विजेतालाई ७ लाख



हाम्रो इकोनोमि

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६ औं संस्करण मंगलबारदेखि शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा ३ वटा विभागीय टिम, ३ वटा ए डिभिजन क्लब, ३ वटा मोफसलका, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मस्र्याङ्दी, थ्रीस्टार, झापा ११, धरान फुटबल क्लब, धनगढीको सुदूरपश्चिम ११ सहभागी हुनेछन् । त्यस्तै बंगलादेशको उत्तर बरिन्धरा क्लब युनाइटेड सिक्किम, र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेसहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

यसवर्ष विदेशी टिम विगतको भन्दा बलियो रहेको आयोजकले दाबी गरेको छ । सिक्किम युनाइटेड अघिल्लो वर्ष सेमिफाइनलसम्म पुगेको टिम हो भने उत्तर बरिन्धरा क्लब बंगलादेशको ए डिभिजन क्लब हो । उत्तर बरिन्धरा क्लबमा बंगलादेशको राष्ट्रिय टिमका खेलाडीसहित केही विदेशी खेलाडी पनि रहेकाले प्रतिस्पर्धा रोचक हुने सहारा क्लबका अध्यक्ष थापाले बताए ।

पुरस्कार राशीमा वृद्धि

प्रतियोगितामा पहिलो हुनेले ७ लाख १ हजार र दोस्रो हुनेले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रथम पुरस्कारमा २ लाख र द्धितीय पुरस्कारमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर र उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा एक खेल जितेमा टिमलाई २० हजार र पराजित भएमा १० हजार, क्वार्टफाइनलमा बिजेतालाई ३० हजार, पराजितलाई २० हजार, सेमिफाइनलमा सहभागी टिमलाई ५०/५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने क्लबले जनाएको छ ।

टिकट काटेर प्रतियोगिता हेर्न आउने दर्शकमध्येबाट दुई जनालाई गोलाप्रथाबाट स्कुटर र एलजी टिभी प्रदान गरिने अध्यक्ष थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...