आहा रारा गोल्डकप ९ गतेबाट, विजेतालाई ७ लाख



मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६ औं संस्करण मंगलबारदेखि शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा ३ वटा विभागीय टिम, ३ वटा ए डिभिजन क्लब, ३ वटा मोफसलका, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मस्र्याङ्दी, थ्रीस्टार, झापा ११, धरान फुटबल क्लब, धनगढीको सुदूरपश्चिम ११ सहभागी हुनेछन् । त्यस्तै बंगलादेशको उत्तर बरिन्धरा क्लब युनाइटेड सिक्किम, र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेसहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

यसवर्ष विदेशी टिम विगतको भन्दा बलियो रहेको आयोजकले दाबी गरेको छ । सिक्किम युनाइटेड अघिल्लो वर्ष सेमिफाइनलसम्म पुगेको टिम हो भने उत्तर बरिन्धरा क्लब बंगलादेशको ए डिभिजन क्लब हो । उत्तर बरिन्धरा क्लबमा बंगलादेशको राष्ट्रिय टिमका खेलाडीसहित केही विदेशी खेलाडी पनि रहेकाले प्रतिस्पर्धा रोचक हुने सहारा क्लबका अध्यक्ष थापाले बताए ।

पुरस्कार राशीमा वृद्धि

प्रतियोगितामा पहिलो हुनेले ७ लाख १ हजार र दोस्रो हुनेले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रथम पुरस्कारमा २ लाख र द्धितीय पुरस्कारमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर र उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा एक खेल जितेमा टिमलाई २० हजार र पराजित भएमा १० हजार, क्वार्टफाइनलमा बिजेतालाई ३० हजार, पराजितलाई २० हजार, सेमिफाइनलमा सहभागी टिमलाई ५०/५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने क्लबले जनाएको छ ।

टिकट काटेर प्रतियोगिता हेर्न आउने दर्शकमध्येबाट दुई जनालाई गोलाप्रथाबाट स्कुटर र एलजी टिभी प्रदान गरिने अध्यक्ष थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा