भट्टेडाँडामा नवराज सिलवालको नाम भट्याउदै सिलवाललाई कोर्रा लगाउने यस्तो छ प्रहरीको दाउ



हाम्रो इकोनोमि

पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीले ललितपुरको भट्टेडाँडामा सर्च गरेको छ ।
सिलवाललाई खोज्न ठूलो संख्यामा प्रहरी ललितपुरको भट्टेडाँडा परिचालित गरेको हो ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल ललितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दका अनुसार आज भट्टेडाँडामा सर्च भइरहेको छ।

केही दिन अघि पूर्व डिआइजी सिलवालले पहिलोपोस्टसँगको कुराकानीमा आफू ललितपुरको भट्टेडाँडामा रहेको बताएका थिए। त्यसैलाई क्लु मान्दै प्रहरी ललितपुरको भट्टेडाँडा पुगेको हो।

प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन्।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो। सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो। तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो।

सिलवाल भने प्रहरीले खोज्न सुरु गर्नुअघिदेखि फरार रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...