प्रदेश २ मा चार भाषामा सपथ ग्रहण



हाम्रो इकोनोमि

प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । प्रदेश मुकाम जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले सपथ ग्रहण गरेका हुन्।

सुरुमा ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका थिए । त्यसपछि जेष्ठ सदस्य चौधरीले प्रदेशसभा अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए।

सपथ ग्रहण चार भाषामा भएको थियो। जेष्ठ सदस्य चौधरीले नेपाली भाषमा सपथ ग्रहण गरेपनि अन्य सदस्यहरूले नेपालीमा नलिने भन्दै हिन्दी र मैथली र भोजपुरीमा सपथ ग्रहण गरेका थिए।

जेष्ठ सदस्य चौधरीसँगै २४ जनाले नेपालीमा, राजपाका सांसद रामनरेश राय यादवलगायत ११ जनाले हिन्दीमा, रौतहटका प्रदेशसमा सदस्य योगेन्द्र यादवलगायत २५ जनाले भोजपुरीमा र महोत्तरीकी प्रदेशसभा सदस्य अल्का झालगायत ४७ जनाले मैथली भाषामा सपथ ग्रहण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...