जेल पर्ने डरले दीपक मनाङे भूमिगत, सपथ लिन गएनन्



हाम्रो इकोनोमि

पक्राउ पर्ने डरले प्रदेशसभामा निर्वाचित गुन्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) फरार भएका छन्। पक्राउ पर्ने डरले उनी आइतबार सपथ लिन गएनन्।

मनाङको प्रदेश ख बाट निर्वाचित भएका उनी तीनदिन यता भूमिगत छन्। गत बुधबार सर्वाेच्च अदालतले पुनरावेदन अदालतको उनलाई ५ वर्ष कैद गर्ने फैसला सदर गरेको भोलिपल्टै उनी फरार भएका हुन्।

प्रदेश ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो। प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि मनाङे त्यहाँ गएनन्। स्रोतका अनुसार प्रहरी मुख्यालयले उनलाई पक्राउ गर्न कास्की प्रहरीलाई निर्देशन दिएको थियो। कास्कीका एसपी अशोक सिंहले भने, ‘हामी मनाङेलाई पक्राउ गर्ने तयारीमा थियौं, तर उनी सपथ लिन आएनन्।’

आफूले प्रयोग गर्ने मोबाइल काठमाडौंमै छाडेर उनी भूमिगत भएको स्रोतक भनाइ छ।

गुन्डा नाइके मिलन चक्रे (मिलन गुरुङ) लाई २०६१ सालमा खुकुरी हानेको घटनामा उनलाई ५ वर्ष कैद सजाय सुनाइएको थियो। जसमध्ये २ वर्ष उनी जेल बसिसकेका छन् भने अब ३ वर्ष कैद भुक्तान हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...