बुटवल पावरको एफपिओ माघ १५ गतेबाट, प्रति कित्ता ५०१ रुपैयाँ



हाम्रो इकोनोमि

बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेबाट अतिरिक्त साधारण शेयर (एफपिओ) जारि गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयरमा ४०१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५०१ रुपैयाँका दरले एफपिओ जारि गर्न लागेको हो।

कम्पनीको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर जारि गर्ने छ। कम्तिमा १० कित्ता र अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

अहिले कम्पनीको शेयर पूँजी एक अर्ब ८१ करोड रुपैयाँ छ। प्रिमियमसहित बैंकले दुई अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर उठाउने छ। यसमध्ये ४० करोड ८१ लाख रुपैयाँ पूँजीमा जाने छ भने बाँकी एक अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ जगेडा कोषमा बस्ने छ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...