गाडी होइन सपथ लिन सांसद सेनाको हेलिकप्टरमा, गाडीमा आएका प्रदेश प्रमुख अझै आईपुगेनन



हाम्रो इकोनोमि

प्रदेशसभाका निर्वाचित सदस्य सपथका लागी नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश नम्वर ६ को अस्थायी मुकाम सुर्खेत पुगेका छन् । समानुपातिकमा विजयी भएका उम्मेदवार शुक्रबार विजयी भएको प्रमाणपत्र लिन निर्वाचन आयोगको केन्द्रीय कार्यलय काठमाडौं आएको थिए । तर, खराब मौषमका कारण शनिवार दिनभर विमान कुरेका सांसद आइतवार विहानै सेनाको हेलिकप्टरबाट सुर्खेत पुगेका हुन् ।

६ नम्बर प्रदेशका ४० सांसद मध्ये काठमाडौँमा रहेका २७ जनालाई आइतबार विहान सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो। शनिबार दिनभर र हवाई उडान अवरोध हुँदा उनीहरू काठमाडौँमै रहेका थिए। आइतबार बिहान ११ बजे उनीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेकाले हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत पुग्न सम्भव नभएपछि सेनाको हेलिकप्टर प्रयोग गरिएको सांसदहरुले बताएका छन् ।

यद्यपी उनिहरुको हवाई खर्च कसले ब्यहोरेको हो केही खुलाइएको छैन । यसैविच, खराब मौषमका कारण विमान नउडेपछि गएराति नै गाडीमा काठमाडौंबाट सुर्खेत हिडेका प्रदेश प्रमुख मोहनराज मल्ल भने अझै आईपुगेका छैनन । जसका कारण त्यहा सपथ ढिलो हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...