सातै प्रदेशका सांसदको सपथ आज, यस्तो छ तयारी



सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ ।

प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुल्ने छ ।

तर, यी प्रक्रियाहरु पूरा गर्न र विशेष गरी मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि अझै केही साता लाग्ने छ ।

सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।

गत १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रत्यक्ष ३३० र समानुपातिकतर्फ २२० गरी कुल ५५० प्रदेश सांसदहरु निर्वाचित भएका थिए ।

सातवटै प्रदेश मुख्यालयमा फरक फरक समयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यसरी हुँदैछ सपथ कार्यक्रम

प्रदेश १ को सपथ विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुनेछ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलका अनुसार सोही स्थानमा नै प्रदेशसभाको पहिलो बैठक पनि बस्ने छ ।

प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वाचित झापाका ७४ वर्षीय ओमप्रकाश सरावगीले प्रदेश प्रमुख प्रा.डा.गोविन्द सुब्बाबाट सबैभन्दा पहिले सपथ लिनेछन् । त्यसपछि सरावगीले अन्य सांसदलाई सपथ गराउनेछन् ।

प्रदेश २ को सपथ ग्रहण समारोह जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक हलमा हुनेछ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार बिहान पदभार सम्हाल्नेछन् र त्यसलगत्तै उनले प्रदेश सांसदलाई शपथ गराउने कार्यक्रम छ ।

प्रदेश ३ मा बिहान ११ बजेे सपथ ग्रहणको कार्यक्रम बनाइएको छ । मकवानपुरको हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा प्रदेश सांसदहरुको सपथ र पहिलो बैठक बस्ने छ । प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले जेष्ठ सदस्य ७२ वर्षीय डोरमणि पौडेललाई पहिले सपथ खुवाउने र त्यसपछि पौडेलले अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश ४ को सपथ ग्रहण कार्यक्रम पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा राखिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहणपछि सपथ ग्रहणको कार्यक्रम हुनेछ ।

प्रदेश ४ मा एमालेबाट नवलपरासीको बर्दघाट सुस्तापूर्व-२ ‘ख’बाट निर्वाचित ६७ वर्षीय जनकलाल श्रेष्ठ ज्येष्ठ सदस्य छन् । जिल्ला प्रशासन कार्यालयको हलमा श्रेष्ठले प्रदेश प्रमुखबाट शपथग्रहण गरेलगत्तै नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा उनले बाँकी सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश ४ मा एमालेबाट नवलपरासीको बर्दघाट सुस्तापूर्व-२ ‘ख’बाट निर्वाचित ६७ वर्षीय जनकलाल श्रेष्ठ ज्येष्ठ सदस्य छन् । जिल्ला प्रशासन कार्यालयको हलमा श्रेष्ठले प्रदेश प्रमुखबाट शपथग्रहण गरेलगत्तै नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा उनले बाँकी सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश ५ को सपथ ग्रहण कार्यक्रम बुटवलस्थित रूपन्देही व्यापार संघको सभाहलमा हुनेछ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले बिहान १० बजे प्रदेश प्रमुखको पदभार सम्हालेपछि सम्बन्धित प्रदेशका सांसदहरूलाई शपथ गराउने कार्यतालिका छ । प्रदेश ५ मा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेल छन् । प्युठानको तुसारामा जन्मिएका ७९ वर्षीय पोखरेल हाल सपरिवार रुपन्देहीको तिलोत्तमा १४ खैरीयामा बस्दै आएका छन् ।

प्रदेश ६ को सपथ ग्रहण समारोह बिहान ११ बजेपछि जिल्ला समन्वय समिति सुर्खेतको हलमा राखिएको छ । त्यसअघि बिहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको कार्यालयमा पदभार ग्रहण गर्नेछन् । उनले कांग्रेस समानुपातिक सांसद हिमबहादुर शाहीलाई सपथ खुवाएपछि शाहीले अन्य सदस्यहरुलाई सपथ खुवाउने छन् । दैलेखको चामुण्डा विन्द्रासैनी घर भएका शाही कांग्रेसका समानुपातिक सांसद बनेका हुन् ।

प्रदेश ७ को सपथ ग्रहण समारोह कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बिहान ११ बजेपछि राखिएको छ । त्यसअघि प्रदेश प्रमुख मोहनराज मल्लले पदभार सम्हाल्ने छन् । मल्लले पदभार सम्हालेपछि कांग्रेस समानुपातिकबाट सांसद बनेकी ७४ वर्षीया दिव्यश्वरी शाहलाई सपथ खुवाउने छन् । त्यसपछि शाहले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्