आरजुलाई राष्ट्रिय सभाको सांसद बनाउन खोजेका देउवालाई यसरी लाग्यो तगारो,यस कारण पछी हटे देउवा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी डा. आरजु राणालाई राष्ट्रिय सभामा लैजानेगरि गृहकार्य गरेपनि अन्तिममा आएर उनको यो योजना तुहिएको छ ।

हालै बसेको केन्द्रिय कार्यसमिति बैठकमा चुनाव हारेका र समानुपातिक सूचिमा नाम परेकाहरुलाई राष्ट्रिय सभामा नलैजाने निर्णय भएसँगै उनको पत्नीलाई सांसद बनाउने सपना तुहिएको हो ।

खासमा देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, डा. शेखर कोइराला लगायतलाई राष्ट्रिय सभामा ल्याउने र सोही मौका छोपेर पत्नी आरजुको पनि नाम सुटुक्क पसाउने तयारी गरेका थिए । तर चुनाव हारेका पौडेल र कोइराला समूहका अधिकांश नेताहरुले आफूलाई अहिले कुनै लोभ र मोह नभएको भन्दै पूराना तथा पाका नेताहरुलाई ल्याउन जोड दिएका थिए ।

बरिष्ठ नेता पौडेल र शेखरले त देउवाको घुमाउरो प्रस्तावलाई ठाडै अस्विकार गरिदिएका थिए । काँग्रेसको दुई दिनसम्म बसेको वैठक ३ बुँदे निर्णय गर्दै सम्पन्न भएसँगै यो कुरा बाहिर आएको हो ।

राष्ट्रिय सभाको चुनावका बिषयमा केन्द्रित रहने बताइएको बैठक चुनावपछि पहिलो पटक बसेका कारण चुनावको सामान्य समिक्षामा पनि केन्द्रित रह्यो। पार्टीले चुनावको समिक्षा गरेर एक महिना भित्र केन्द्रीय समितिमा पठाउन मातहतका सबै निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...