क्यान्सरका बिरामीको तथ्यांक संकलन गरिँदै



हाम्रो इकोनोमि

नेपाल सरकारले क्यान्सरका बिरामीको संख्या र उनीहरुको स्थिति थाहा पाउन आगामी आइतबारदेखि तथ्यांक संकलन गर्ने भएको छ ।

सरकारका कुनैपनि निकायसँग अहिलेसम्म नेपालमा क्यान्सरका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभएकाले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली सुरु गर्न लागेको हो ।

परिषदका कार्यकारी अध्यक्ष डा. अन्जनीकुमार झाले क्यान्सरका बिरामीलाई उपचारका लागि दिँदै आइरहेको १ लाख र सरकारले हालसालै निर्णय गरेको मासिक ५ हजार रुपैयाँ सहयोग दिने व्यवस्था अझ प्रभावकारी बनाउन पनि तथ्यांक संकलनले सहयोग पुर्‍याउने बताए ।

तथ्यांक संकलनका लागि अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिकारनगरपालिकामा सहयोगका लागि जानेमार्फत् तथ्यांक र सूचना लिइने डा. झाले जानकारी दिए ।

सन् २००३ देखि स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिकरुपमा बीपी कोइराला क्यान्सर अस्पतालबाट विवरण संकलन थालेको थियो ।

सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन गर्ने भन्नेमा परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा पाँचजना कर्मचारीलाई तालिम लिनसमेत पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...