मुख्यमन्त्री र सभामुख साटासाट गर्न माओबादीले यस्तो राख्यो प्रस्ताब,यसरी सकसमा पर्यो एमाले



हाम्रो इकोनोमि

राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद मान्दै बाँडफाँटमा जुन पार्टीले मुख्यमन्त्री पाउँछ, सभामुख अर्काे पार्टीलाई दिने प्रस्ताव माओवादी केन्द्रले गरेको छ।

स्रोतका अनुसार २८ पुषमा भएको एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रका नेताहरुले यस्तो प्रस्ताव गरेका थिए। तर, राष्ट्रिय सभाको निर्वाचन पहिले हुने भएकाले कार्यदल बैठक त्यसै विषयमा केन्द्रित भयो।

कार्यदलको बुधबारको बैठकले राष्ट्रिय सभाको बाँडफाँट टुङ्ग्याएपछि अब प्रदेश सरकारको विषयमा टुङ्गो लगाउन कार्यदलको बैठक हुनेछ। सम्भवत आज हुने एकता संयोजन समितिको बैठकमा समेत यस विषयमा छलफल हुनेछ।

माओवादी प्रस्ताव अनुसार, जुन प्रदेशमा एमालेका मुख्यमन्त्री हुन्छन्, त्यहाँ माओवादी केन्द्रले प्रदेश सभाको सभामुख लिने र जहाँ माओवादी केन्द्रका मुख्यमन्त्री हुन्छन्, त्यहाँ एमालेको तर्फबाट सभामुख हुनेछन्।

एमाले–माओवादी केन्द्रले प्रदेश सरकारको बाँडफाँटमा ६०–४० कै अनुपातमा गर्ने सम्भावना छ। यो बाँडफाँट अनुसार वामगठबन्धनले जित्ने ६ मध्ये एमालेको भागमा ४ र माओवादी केन्द्रको भागमा २ मुख्यमन्त्री पर्नेछन्।

‘यति नै मुख्यमन्त्री र सभामुख हुनुपर्छ भनेर माओवादी केन्द्रले भनेको छैन, उसको प्रस्ताव मुख्यमन्त्री र सभामुख साटासाट गरौं भन्ने हो’ कार्यदलमा रहेका एमाले नेता शंकर पोखरेलले भने, ‘यो उसको प्रस्तावमात्र हो, यस विषयमा छलफल भएको छैन।’

६०–४० को अनुपातमा मुख्यमन्त्रीको बाँडफाँट हुने सम्भावना भएपनि प्रदेश सभाका सभामुख–उपसभामुखको हकमा चाहिँ यो बाँडफाँट सम्भव देखिन्न। उपरोक्त अनुपात अनुसार २ वटा मुख्यमन्त्रीमा माओवादीको दावी पुग्छ, तर सभामुखको बाँडफाँट चाहिँ ठीक उल्टो हुन्छ।

अर्थात् एमालेले ४ वटा मुख्यमन्त्री पाउँदा एमालेको भागमा २ वटामात्र सभामुख पर्नेछन्। यसो हुँदा एमालेले जम्मा ४० प्रतिसत मात्र सभामुख पाउनेछ भने माओवादी केन्द्रले ६० प्रसिसत। माओवादी केन्द्रले चाहिँ सभामुख जसले लिन्छ, उसले उपसभामुख लिने प्रस्ताव पनि गरेको छ।

बाँडफाँटमा एमालेले प्रदेश–१, ३, ४ र ५ को मुख्यमन्त्री पाउने सम्भावना छ भने माओवादी केन्द्रले प्रदेश–६ र ७ को मुख्यमन्त्री। ‘तर सभामुख चाहिँ माओवादीले भने बमोजिम हुने सम्भावना छैन’ स्रोतले भन्यो, ‘सभामुख र उपसभामुखपनि उसले २–२ वटामात्र पाउन सक्छ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...