राष्ट्र बैंकले तरलता सहज गर्न १० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै



हाम्रो इकोनोमि

नेपाल राष्ट्र बैंकले तरलता सहज गर्न शुक्रबार दश अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा बजारमा पठाउने भएको छ। राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर प्रत्येक्ष बोलकबोलमार्फत उक्त रकम बैंकिंग प्रणालीमा पठाउन लागेको हो ।

चालु आर्थिक वर्षमा विभिन्न चार चरणमा गरेर राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ।

राजश्व संकलन गर्दा पुस मसान्तमा बैंकिङ प्रणालीको ९० अर्ब बढी रकम सरकारी खातामा गएपछि राष्ट्र बैंकले १० अर्ब प्रवाह गर्न लागेको हो। अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...